
भाद्र १९ सिलगढी । शिक्षा अवस्था सुधारका लागि २ दिने जिल्ला स्तरीय गाेष्ठी दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आईतबारवाट सुरू भएकाे छ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त गाेष्ठी सुरू भएकाे हाे ।
साे गाेष्ठीमा दिपायल सिलगढी नगरपालिका,पुर्विचाैकी,आदर्श र सायल गाउँपालिकाबाट अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखा प्रमुख, बिधालय ब्यवस्थापन समिति, तथा प्रधानाध्यापककाे सहभागिता रहेकाे छ । शिक्षाविद् तथा प्राध्यापक डा. बिधानाथ काेईरालाले गाेष्ठीकाे सहजीकरण गरिरहेका छन् । सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जाेशिले ४ पालिकाकाे शैक्षिक गुणस्तरका लागि आगामी रणनीति बनाउनुका साथै घाेषणापत्र समेत जारी गरिने बताए ।
पत्रकार माेहन शाहीले ४ पालिकाकाे शैक्षिक तथा स्वास्थ्य अवस्था तथा भावी रणनीतिबारे गाेष्ठीमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे अध्यक्षता सामुदायिक बिकास केन्द्रका अध्यक्ष हेमराज जाेशिले गरेका थिए भने प्रमुख अतिथिमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का (बिजयी) विशिष्ट अतिथिमा पुर्विचाैकि गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय,आदर्श गाँउपालिका अध्यक्ष गणेश खड्का र सायल गाउँपालिका अध्यक्ष धर्मराज जाेशि रहेका थए । २ दिनसम्म चल्ने साे गाेष्ठी साेमबार घाेषणा पत्र जारी गर्दै समापन हुने बताईएकाे छ ।
प्रतिक्रिया