भदाै ९ गते, डाेटी । उच्च रक्तश्रापका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरी महिलाकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ बर्षिया जानकी बाेहरा खडायतकाे मृत्यू भएकाे हाे । उनी आफै पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
बुधबार एक्कासी रक्तश्राप हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँ पालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे थियाे । साझ साढे छ बजे मृत शिशुलाई जन्म दिएकाे अस्तालले जानकारी दिएकाे छ । उच्च रक्तश्राप भएपछि उनकाे बेलुका ७ बजेर पचास मिनेटमा मृत्यू भएकाे अस्पताका डा. साेहन शाहले बताए । उनले उच्च रक्त श्रापका कारण मृत्यू भएकाे बताएका छन् । बाहिर लग्ने प्रयास गरेपनि असफल भएकाे डा. शाहकाे भनाई छ । उनकाे पेटमा केही दिन अघिकाे मृत शिशु रहेकाे थियाे ।
गिरिचाैका स्वास्थ्य चाैकीमा कार्यरत अनमी खडायतकाे शब अस्पतालमै रहेकाे छ । आदर्श गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी राेकायाले स्वास्थ्यकर्मी नै भएरपनि उपचार नपाएर ज्यान गुमाउने घटना दुखद रहेकाे बताईन् । माैवा स्वास्थ्य चाैकीमा उपचारका लागि आउदा स्वास्थ्यकर्मीसंग रक्तश्राप भएकाले मात्र केही समस्या भएपनि जटिल अवस्था नभएकाे भन्दै उपचारका लागि सिलगढी गएकाे बताईन् । अहिले एक्कासी मृत्यू भएकाे खबरले मन पिराेलिएकाे दुखेसाे गरिन् । उच्च रक्तश्राप भएपछि उपचारका लागि बाहिर लैजान नेपाली सेनाकाे हेलिकप्टरका लागि पहल भएपछि बिबिध कारण देखाउदै बिहीवार बिहान मात्र आउने भएपछि थप उपचारबाट बञ्चित भएकाे आराेप लगाईन । उपाध्यक्ष राेकायाले भनिन, `बिचरी आफैले दुर्गम गाउँमा बसेर सयाैंकाे ज्यान जाेगाईन तर आफु भने समयमा उपचार नपाएर ज्यान गुमाउन पुगिन् । ´
२०७० सालमा जागिर सुरू गरेकी खडायतले जिल्ला अस्पतालमै ओजेटि गरेकी थिईन ।
उनले ९ बर्ष अघि छाेरालाई सल्यक्रिया गरि जन्म दिएकी थिईन् ।
प्रतिक्रिया