
नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभ दिपावली २०७९ को उपलक्ष्यमा शिखर नगर पालिका वडा न. २ को आयोजना मा १५ र १६ गते श्री महाकाली मा.बि को खुल्ला प्राङ्गणमा भलिबल प्रतियोगिता भएको हो। १५ गते सुरु भएको भलिबल प्रतियोगितामा जम्मा ७ वटा टिम रहेका थिए ।उक्त टिम वडा न. २ कै विभिन्न टोलबाट चुनियका थिए । उक्त खेल मा चारवटा टिम नकआउट भइ तीन वटा टिमले प्रथम, दृतिय र तृतीय गरि जित हासिल गरेका छ्न । प्रथम गजर्याल तेडि युवा कलब ले जित हासिल गरेका छ्न भने दृतिय राकरेस्वरी युवा कलब ले जित हासिल गरेका हुन तेसैगरी तृतीय मा कालिका भैरव युवा कलब भएको छ। प्रथम लाई रु बीस हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी तेसैगरी दृतिय लाई रु चौध हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी तृतीय लाई रु दस हजार पुरस्कार सहित प्रमाणपत्र र ट्रफी वितरण गरिएको हो। प्रथम स्थान हात पार्न सफल गजर्याल तेडि युबा कलब को खेलाडी कोच मा खगेन्द्र भाट र टिम क्याप्टेन मा कृष्ण बोगटी थिए साथै दोस्रो स्थान हात पार्न सफल राकरेस्वरी युबा कलब जस्मा टिम कोच गङ्गाराम रावल र टिम क्याप्टेन मीन बहादुर बोगटी रहेका थिए तेसैगरी तृतीय स्थान हात पार्न सफल कालिकाभैरब युबा कलब को टिम कोच शिव बि.क. र टिम क्याप्टेन केशव साही रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल जोरा रहनु भएको थियो भने अतिथि मा नगरकार्यपालिका सदस्य राम बहादुर लुहार,पुर्ब वडा अध्यक्ष ऋषि राज जोशी र वडा सदस्यहरुको उपस्थित रहेको थियो वडा न. २ का वडा अध्यक्ष को सभा अध्यक्षता रहेको थियो । कार्यक्रममा उप प्रमुख सुनिता रावलले जोरा सबै वडा हरुमा विभिन्न किसिमका खेलहरु खेलाइने र खेल प्रेमी खेलाडीहरुका लागि शिखर नगर पालिका जहिले नि तत्पर रहने बताइन। उक्त कार्यक्रमको समापन वडा न. २ का अध्यक्ष ले गरेका हुन।
प्रतिक्रिया