दिपायल- शनिबार रातिदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह र भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । केहीबेर अबरुद्ध भएको उक्त सडक खण्डमा एकतर्फी रुपमा सवारी गुडीरहेका छन ।
यता डोटी– डडेल्धुरा जोड्ने केआइसिंह राजमार्ग अन्तरगत रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । त्यहाँ सवारी जाम लागेको यात्रुहरुले बताएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरु जेड्ने सडकहरु ठाउँठाउँमा अवरुद्ध छन् । अधिकांश ग्रामिण सडकहरुमा सवारी साधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया