होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्ने

दिनेश जोशी
३० जेठ २०८३ १५:१९
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्ने

डोटी- होटल व्यवसायी संघ डोटीको १६औँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।
संघको अध्यक्षमा लालबहादुर मन्ने निर्वाचित भएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा नन्दन सिंह कार्की, उपाध्यक्षमा गणेशबहादुर बोहरा, महासचिवमा खेमराज बिठाडी, सचिवमा जनक खड्का, कोषाध्यक्षमा पूजा रावल तथा सह–कोषाध्यक्षमा रमेश बोहरा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा डम्बरनाथ, भावना खड्का, भोजबहादुर बोकटी, दिनेशबहादुर सिंह, राधिका शाही र हर्क बोहरा निर्वाचित भएका छन्। महिला सदस्यतर्फ राधा बोहरा र निर्मला जोरा चयन भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *