प्रभावित महिला तथा बालबालिकाको साथमा बास नेपाल

पाँजलो न्युज
४ असोज २०७९ १३:३०
प्रभावित महिला तथा बालबालिकाको साथमा बास नेपाल

डोटी / डोटी जिल्लामा प्रभावित महिला तथा बालबालिकाहरूको साथमा बास नेपाल संस्था रहेको छ । जोखिममा रहेका महिला तथा बालबालिकाहरूको अवस्था पहिचान गरेर संस्थाले डोटी जिल्लामा आर्थिक सहयोग गर्दै आइरहेको छ । विगत सात महिना अगाडि एकल महिलाहरूमा जोखिममा रहेका महिला तथा सहारा विहिन बालबालिकाहरूलाइ सहज पुर्‍याउने हेतुले संस्थाले आर्थिक सहयोग गर्दै छ । मंगलबार युनिसेसको आर्थिक सहयोगमा बास नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिका ६ र ७ वडाका ४ जना प्रभावित बालबालिकाहरूलाई सहयोग गरिएको हो । संस्थाले जोखिममा रहेका बालबालिकाहरूलाई कापीकलम ड्रेसमा सहज होस् भनेर गरेको आर्थिक सहयोग प्रभावित हरूलाई प्रभावकारी हुने दिपायल सिलगढी नगरपालिका ७ का वडा अध्यक्ष कर्ण विष्टले बताएका छन् । उनले संस्थाले गरेको सहयोग सहि सदुपयोग गर्नुपर्ने बालबालिकाहरूका अभिभावकलाई जानकारी गराए । विष्टले जोखिममा रहेका बालबालिका र एकल महिलाहरूलाई आवश्यक परेका समस्या विगतमा पनि समाधान गर्दै आएको र आगामी दिनमा पनि वडा साथमै रहने समेत बताए । संस्थाले गरेको यो सहयोग हामी केही नहुनेका लागि धेरै हो अमित मिजारका दिदी कामना मिजारले बताइन् । उक्त बालबालिकाहरूलाई सहयोग कार्यक्रममा ६,७ वडाका वडा अध्यक्षहरू नरेश मलाशी, कर्ण विष्ट,महिला सदस्यहरू दिपा श्रेष्ठ,डम्मरी विष्ट र दिपायल सिलगढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बू गुरूङको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *