राज पार्की डोटी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीका संगठन विभाग उपसंयोजक सालिभान साउदसहित तीन जनामाथि एक युवकमाथि कुटपिट गरेको आरोप लागेको छ।
दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ३५ वर्षीय रमेश विकलाई सोही ठाउँका २८ वर्षीय सुनिल साउद, २४ वर्षीय गणेश साउद र ३५ वर्षीय सालिभान साउदले कुटपिट गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज १८ गते साँझ करिब ७ः४५ बजे मादक पदार्थ सेवन गरेका उनीहरूबीच आपसी विवाद भएपछि विकमाथि कुटपिट भएको थियो।







प्रतिक्रिया