सुजंङ्ग स्कुलकी सन्ध्या भइन जिल्ला टपर

पाँजलो न्युज
१ जेठ २०८३ ३:०५
सुजंङ्ग स्कुलकी सन्ध्या भइन जिल्ला टपर

(डोटी) – सुजंङ्ग इंग्लिस बोर्डिग मोडेल स्कुलका विद्यार्थी जिल्ला टपर र दोस्रो स्थान लिन सफल भएका छन । छात्रा सन्ध्या सेट्टीले यस बर्षको एसईई परिक्षामा जिल्ला टपर र प्रज्वल खड्का दोस्रो भएका छन ।
सन्ध्याले ३.९६ जीपीए र प्रज्वलले ३.८७ जीपीए ल्याएका छन् । जिल्लामा सर्वोत्कृष्ट ल्याउन सफल भएपछि सन्ध्या र प्रज्वलको परिवार तथा विद्यालयमा खुसियाली छाएको छ ।

सुजङ्ग स्कुलका निर्देशक बलायरले सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकलाइ विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्ने योजना रहेको बताए । सन्ध्याका बुवा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुर स्थित लोकेसेवा आयोगको कार्यालय अघि होटल व्यवसाय गर्दै आएका छन ।

कक्षा नर्सरीदेखि सुजजङ्ग पढेकी सन्ध्याको नतिजा सुनेर प्रफुल्ल बनेका उनका बुवा प्रकाश सेट्टीले छोरीको मेहनत र विद्यालयको उत्प्रेरणाले सफलता हात परेको बताए । ‘मलाइ धेरैकुरा थाहा छैन सर, सामान्य व्यवसाय गरेर परिवार पाल्दै आएको छु’, प्रकाशले टेलिफोनमा पाँजलोसंग भने, ‘छोरीका कारण आज गौरब महसुस भएको छ । छोरी र सुजङ्ग विद्यालय परिवारका कारण आज म धेरै माझ चिनिने अवसर पाए ।’

यस बर्षको एसईई परिक्षामा सुजङ्ग स्कुलवाट ७७ जना सहभागि भएका थिए । जसमध्य १२ जनाले ए प्लस, २९ जनाले ए, २३ जनाले बी प्लस, ३ जनाले बी ग्रेड ल्याएका थिए । सुजङ्ग स्कुलका निर्देशक नरेश बलायरले भने सुदूरपश्चिमका ७ पहाडी जिल्लामध्य सन्ध्याको नतिजा सर्वोत्कृष्ट रहेको दाबी गरेका छन् ।

‘लगातार हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउन सुजङ्ग सफल भएको छ’, निर्देशक बलायरले दाबी गरे, ‘विगतमा पनि प्रदेशभरिमै उत्कृष्ट नतिजा आएको छ, सन्ध्या लगायतका विद्यार्थीहरुले विद्यालयको गौरब बढाएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *