धनगढी – धनगढी उपमहानगरपालिका वडा नं. ५ जाइमा रहेको न्यु टेडी ट्रेड एण्ड सप्लायर्सबाट ब्रर्जर पेन्ट खरिद गरेका स्थानीय डिल्ली राज भट्टले कम्पनीको आकर्षक उपहार योजनाअन्तर्गत बम्पर पुरस्कार स्वरूप हिराको हार जितेका छन् ।
ब्रर्जर पेन्ट्स नेपालको “रंग बहार, उपहारै उपहार” योजना अन्तर्गत सञ्चालन गरिएको लक्की ड्र मार्फत भट्टलाई ८ लाख ५२ हजार रूपैया बरावरकाे उक्त बम्पर उपहार परेको हो।
मंगलवार धनगढीस्थित न्यु टेडी ट्रेड एण्ड सप्लायर्समा आयोजित एक कार्यक्रमका बीच उनलाई औपचारिक रूपमा पुरस्कार हस्तान्तरण गरिएको थियाे ।
कार्यक्रममा बोल्दै विजेता भट्टले घर निर्माण सम्पन्न गरेपछि पेन्ट लगाउने वा नलगाउने अन्याैल परेको बेला ऋण गरेर भए पनि गुणस्तरीय पेन्ट प्रयोग गर्ने निर्णय गरेको बताए।
साथीभाइको सल्लाह अनुसार ब्रर्जर पेन्ट रोज्दै न्यु टेडी ट्रेड एण्ड सप्लायर्स पुगेका उनले, “मलाई यस्तो ठूलो उपहार पर्छ भन्ने कल्पना समेत गरेको थिइनँ, तर ब्रर्जरको गुणस्तरमा विश्वास थियो,” भने। उनले कम्पनी र विक्रेताप्रति आभार व्यक्त गर्दै जीवनमा कहिलेकाहीँ अकल्पनीय उपलब्धि पनि हात लाग्ने अनुभव सुनाए।
कार्यक्रममा ब्रर्जर पेन्ट्स नेपालको मार्केटिङ हेड सोनिया अधिकारीले कम्पनीले हरेक वर्ष ग्राहक केन्द्रित यस्ता योजनाहरू ल्याउने गरेको जानकारी दिइन्।
उनका अनुसार यस पटकको योजनामा करिब ५ हजार ग्राहक सहभागी भएका थिए, जसबाट लक्की ड्र मार्फत डिल्ली राज भट्ट विजेता चयन भएका हुन्।
ब्रर्जरले सधैं ग्राहकको विश्वास जित्न प्राथमिकता दिने बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेकाे वताईन ।
त्यस्तै, न्यु टेडी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक पृथ्वी शाहीले विगत ७ वर्षदेखि ब्रर्जर पेन्टका उत्पादनहरू बिक्री गर्दै आएको उल्लेख गर्दै विजेतालाई बधाई दिएका थिए।
उनले आफ्ना पसलमा ब्रर्जरका सबै प्रकारका पेन्टहरू उपलब्ध रहेको जानकारी समेत दिए।
यस घटनाले गुणस्तरीय उत्पादनको छनोटले कहिलेकाहीँ अप्रत्याशित खुशी पनि ल्याउन सक्छ भन्ने सन्देश दिएको छ। ग्राहकलाई आकर्षित गर्ने यस्ता योजनाले बजारमा प्रतिस्पर्धा मात्र होइन, उपभोक्तामा विश्वास र उत्साह पनि बढाउने देखिन्छ।







प्रतिक्रिया