दिपायल–सिलगढीमा जिप सेवा ठप्प

पाँजलो न्युज
१५ चैत २०८२ १२:४७
दिपायल–सिलगढीमा जिप सेवा ठप्प

डोटी- डोटीको दिपायल–सिलगढी क्षेत्रमा आइतबार जिप सेवा ठप्प भएको छ। नगर बस सञ्चालनको विषयलाई लिएर असन्तुष्ट बनेका जिप चालकहरूले सेवा बन्द गरेका हुन्।
दिपायल सिलगढी नगरपालिकाले नगर बसलाई सीमित रूपमा दिपायल–सिलगढी रुटमै सञ्चालन गरिरहेको भन्दै जिप चालकहरूले आपत्ति जनाएका छन्। नगर बसले नगरभित्रका अन्य क्षेत्र—तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडासम्म सेवा विस्तार गर्नुपर्ने उनीहरूको माग छ।
एक जिप चालकका अनुसार नगर बसको ‘मनोमानी’ सञ्चालनका कारण आफूहरू प्रत्यक्ष मारमा परेको भन्दै विरोधस्वरूप सेवा बन्द गर्नुपरेको हो।
यता, शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन्। उनले जिप चालकहरूका केही कमजोरी पनि रहेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे।
जिप सेवा बन्द हुँदा यात्रुहरू भने समस्यामा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *