डोटी–०७८ साल बर्षयतावाट जोरायल २ घण्टेश्वरीकी इन्द्रा ओली दाब्बी नामको गहु“ जोगाउन खटिदै आएकी छन् । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पीठो नरम हुने बिशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र पाइन्छ । गहुँको महत्वबारे गाउँका बुढापाखाबाट थाहा पाएपछि उनी केही समय यताबाट संरक्षणमा जुटेकी छिन् ।
पोहोर साल असिनापानीले सबैको गहुँ नष्ट ग¥यो तर दाब्बी गहुँमा केही भएन’, गहु“को अर्को महत्व भन्दै ओलीले भनिन्, ‘यसको बिशेषता असिनापानी र किराफट्यांग्राबाट सहजै जोगाउन सकिन्छ ।’
त्यस्तै घण्टेश्वरका चपरताली बस्तीका ९ जनजाती परिवारले पाखो जमिनमा स्थानिय भोटे सिमि र प्याजको संरक्षण गरिरहेका छन् । ‘जिजुबाजेको पालादेखि लगाउदै आएको प्याज र सिमि आजभोली सबै ठाउ“ पाउन सकिन्न’, जोरायल गाउँपालिका २ चपरतोलीका पदम बहादुर थापाले भने, ‘हामीले त्यसको संरक्षण किन नगर्ने भनेर बस्तीका ९ परिवार अहिले लागि परेका छौं ।’ किरमीरे, लाहुरे नामका चौमासमा लटरम्म फल्ने रातो रंगको सिमी पनि स्थानियले संरक्षण गर्न थालेका छन् ।
स्थानिय प्याजको नाम भने किसानलाई थाहा छैन । ठुलो दाना लाग्ने, सलादका रुपमा खान उपयुक्त हुने बिशेषता रहेको स्थानिय प्याज उत्पादन पनि राम्रो हुने गरेको किसानहरुले बताए । प्याजको एउटै दाना ८ सय५० ग्राम सम्मको फलाएको किसानहरुले जानकारी दिए ।
घण्टेश्वरमा अरु किसान पनि स्थानिय बिउ संरक्षण अभियानमा लागेका छन् । लोप हुन थालेका स्थानीय बालीनाली तथा तरकारीका बिउ संरक्षणमा जोरायल गाउँपालिका २ घण्टेश्वरका किसानहरु सामुहिक रुपमा समेत लागि परेका छन् ।

धान, मकै, सिमि, चोतो,मुला, कोदो, फापर, धनियाँ, लसुन जस्ता बिभिन्न स्थानिय बालीनालीको बिउ संरक्षणमा जोड दिएका छन् । स्थानिय ७३ प्रजातीका लोपोन्मुख बिउहरु संरक्षण गरि राखेको दाबी किसानहरुले गरेका छन् । ०७० सालबाट जैबिक बिबिधता संरक्षण कृषि सहकारी संस्था बिउ बैंकका रुपमा समेत स्थापना गरेका छन् ।
सो सहकारीमा तीन सय ६० किसानहरु आवद्ध छन् । जैबिक, पर्यावरण संरक्षणमा त्यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ली वर्ड नामक संस्थाले स्थानिय बिउ संरक्षणका लागि जागरणमूलक कार्यक्रमहरु किसानमाझ ल्याएपछि स्थानियबासी हौसिएका हुन् । ‘बाहिरबाट आयात हुने बिउ, तरकारीबालीले स्थानिय प्रजातीहरु हराउन लागेको अनुभुति नै थिएन’, सहकारीका अध्यक्ष कविराम डांगीले भने, ‘स्थानिय बीउको महत्वबारे ली वर्डले सम्झाउन बुझाउन लागेपछि हामीहरु संरक्षणमा सामुहिक रुपमा जुट्यौं ।’
सहकारीमार्फत घण्टेश्वरका किसानहरुले नेपाल सरकारले काठमाण्डौ खुमलटारमा स्थापना गरेको राष्ट्रिय जीन बैंकमा जिल्लाका ५८ स्थानिय बालीनालीका प्रजातीहरु संरक्षणका लागि पठाइसकेको सहकारीका प्रबन्धक गणेश बिष्टले जानकारी दिए ।
लोपोन्मुख स्थानिय मार्से, सेउडो नामक धानपनि संरक्षण गरीरहेका छन् । किसानले संरक्षणका लागि स्थानियले लगाउदै आएका उत्पादनहरु भने जैबिक बिबिधता संरक्षण कृषि सहकारीले खरिद गरिदिदै आएको छ । संकलन भएका उत्पादनहरुबाट मूल बिउ बनाएर सहकारीले अन्यत्र पनि लगाउन प्रोत्साहन गरिरहेको अध्यक्ष डांगीले बताए । सहकारीले अन्य संघसंस्थाहरुको सहयोगमा किसानहरुलाई प्रोत्साहन गरिरहेको छ ।
पछिल्लो समय बिभिन्न संघसंस्था र कार्यालयले बढी उत्पादनको प्रलोभन देखाएर जताभावी किसानलाई बिकासे बिउबिजनहरु बाँडिदिएकाले स्थानिय प्रजातीका बालीनाली संकटमा पर्दै गएको जिल्ला कृषि बिकास अधिकृत गंगादत्त अवस्थीको बुझाई छ । उनले घण्टेश्वरमा किसानहरुले थालेको अभियान सकरात्मक रहेको बताए । ‘पहिले पहिले स्थानिय प्रजातीहरुलाई हेप्ने प्रबृति थियो’ अवस्थीले भने, अहिले स्थानिय प्रजातीका तरकारी फलफूलले राम्रो मुल्य पाइरहेका छन् , घण्टेश्वरका किसानहरुले सफलता पनि पाउदै गएका छन् ।’
किसानहरुले बिउ संरक्षण संगै उत्पादन समेत बढाउदै लगेका छन् ।

प्रतिक्रिया