नीति तथा कार्यक्रम

के· आइ· सिहले ल्यायो दलित छोरीबुहारी छात्रवृती कार्यक्रम

पाँजलो न्युज
१० असार २०८२ १४:१७
के· आइ· सिहले ल्यायो दलित छोरीबुहारी छात्रवृती कार्यक्रम

डोटी– के·आइ·सिह गाउँपालिकाले  दलित छोरीबुहारी छात्रावृति कार्यक्रम लागू गर्ने भएको छ ।

दलित संग अध्यक्ष कार्यक्रम संचालन गर्दै आएको के.आई.सिंह गाउँपालिकाले आगामी आर्थिक बर्षवाट  स्नाकोत्तर तह पढ्न चाहने दलित समुदायका छोरीबुहारीलाइ छात्रवृती प्रदान गर्ने नीति तथा कार्यक्रम मंगलबार १७ औं गाउँसभावाट पारित गरेको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले वताए ।

“त्यसैपनि महिलाहरु विविध कारणले पिछडिएका छन”,अध्यक्ष शाहीले भने, “त्यसमाथि दलित महिलाहरुको अवस्था नाजुक छ उहाँहरुलाइ प्रोत्साहन मिलोस भनेर स्नाकोत्तर तह पढाउन पालिकाले छात्रवृती प्रदान गर्नेछ । छात्रवृति के·आइ·सिह गाउँपालिकाभित्र स्थाइ ठेगाना भएका दलित छोरी वा वुहारी जो सुकै भएपनि प्रदान गरिने छ ।

विगतमा के·आइ·सिह गाउँपालिकाले प्रदान गर्दै आएका विभिन्न छात्रवृतिलाइ निरन्तरता दिने जनाएको छ ।  झिमेमालिका माविमा वाली विज्ञान संकायमा अध्यनरत विधार्थीमध्य तीन जना जेहेन्दार विधार्थीलाइ पूर्ण तथा वाँकी सबै विधार्थीहरुलाइ ५० प्रतिशत छात्रवृति प्रदान गर्दै आएको छ । त्यसवाहेक वडा नं ४ स्थित  सरस्वती आधारभूत विधालय बगरमा अध्ययनरत १३ जनालाइ आवासिय सहित २२ जना टुहुरा बालबालिकाहरुलाइ निशुल्क पालन पोषण तथा अध्ययनको पूर्ण व्यवस्थापनको जिम्मेवारी समेत गाउँपालिकाले व्यहोर्दै आएको छ ।

कक्षा ९–१२ का गरिव असहाय तथा जेहेन्दार विधार्थीहरुलाइ केआइसिह छात्रवृती तथा विज्ञान तथा प्राविधिक धारतर्फ डाक्टर , आइटी लगायतका बिषयमा उच्च शिक्षा हासिल गरिरहेकालाइ पनि शैक्षिक अनुदान दिदै आएको शिक्षा शाखाका तेजु ऐरले जानकारी दिए ।

मगलबार गाउँपालिका उपाध्यक्ष मीना विष्टले ४६ करोड ५६ लाख ७४ हजार पाँच सय १६ रुपैयाँ वरावरको बजेट पेश गरेकी थिइन ।

त्यसवाहेक झिमेमालिका माविका विधार्थीहरुका लागि सिक्दै पढ्दै कमाउदै नीतिसमेत पालिकाले ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *