डोटीको सेती नदीमा बेवारिसे पुरुषको शव फेला

पाँजलो न्युज
३ असार २०८२ १:४८
डोटीको सेती नदीमा बेवारिसे पुरुषको शव फेला

डोटी– सेती नदीमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको के.आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो। नाम, थर र बतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतवार फेला परेको प्रहरीले बताएको छ।

सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले बताएको छ। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। उनको शरीरको छाला खलेको छ। तल्लो शरीरमा खैरो रङ्गको कट्टु लगाएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *