३ दिने उद्घाेषण तालिम सम्पन्न

पाँजलो न्युज
१ असार २०८२ १२:५९
३ दिने उद्घाेषण तालिम सम्पन्न

डाेटी– सिलगढीमा आईतवार ३ दिने उद्घाेषण सम्बन्धि तालिम सम्पन्न भएकाे छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डाेटीकाे आयाेजना तथा गुड नेभर्स ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेगमा युवा सशक्तीकरण कार्यक्रम अन्तरगत संचालित तालिममा ११ जना वालबालिकाहरूकाे सहभागिता रहेकाे थियाे ।

सिलगढी स्थित शैलेश्वरी हाेटलमा संचालित तालिममा पत्रकार माेहन शाही र रश्मि कुँवरले प्रशिक्षण दिएका थिए ।

तालिमकाे समापन शत्रमा सहभागी प्रकाश खड्काले ३ दिनकाे तालिमवाट आफूहरूलाई सार्वजनिक रूपमा बाेल्न आत्मवल बढेकाे बताए ।

सामुदायिक विकास केन्द्रका लेखा अधिकृत याेगेन्द्र जाेराकाे सभापतित्वमा सम्पन्न समापन शत्रमा वाेल्दै गुड नेभर्स ईन्टरनेशनलकी कार्यक्रम अधिकृत गीता चाैधरीले बालवालिकाहरूकाे क्षमता विकासमा सहयाेग पुगेकाेमा विश्वास व्यक्त गरिन ।

तालिमकाेे समापन शत्रमा सहभागी टेक साउँदले उद्घघाेषण गरेका थिए । तालिमका सहभागी वालवालिकाहरू गुड नेभर्स ईन्टरनेशनल नेपालका आरसि वालवालिका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *