तिखात्तरमा वडा कार्यालयले गर्‍यो स्वास्थ्यकर्मी सम्मान

पाँजलो न्युज
२९ फागुन २०८० २:०४
तिखात्तरमा वडा कार्यालयले गर्‍यो स्वास्थ्यकर्मी सम्मान

डोटी– स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै के.आई.सिंह गाउँपालिकाको २ नं. वडा कार्यालयले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले तिखात्तर स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वयमसेविकाहरुलाइ सम्मान गरेको हो । वडाध्यक्ष नेत्र बहादुर रावलले स्वास्थ्यकर्मीहरुलाई दोसल्ला, कदरपत्र र नगद सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

रातदिन वडाबासीको स्वास्थ्य उपचारमा खटिएर गुणस्तरीय सेवा दिन सफल भएकाले वडा कार्यालयबाट सम्मान गरिएको वडाध्यक्ष रावलले बताए । सो सम्मान कार्यक्रममा के.आई.सिंह गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कृष्ण बहादुर बमको समेत उपस्थिती रहेको थियो ।

सम्मान कार्यक्रमले आफूहरुलाई काममा दत्तचित्त भएर खटिन प्रेरणा दिएको भन्दै तिखात्तर स्वास्थ्य चौकीका प्रमुख गणेश आउजीले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *