दिपायल- सुदूरपश्चिम प्रदेश सभामा बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्टले बालुवाटार पुगेर दुखेसो पोखेका छन । शुक्रबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर भट्टले आफू माथि अन्याय भएको बताएका छन ।
भट्टले आफनो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाएको प्रचण्डलाई सुनाएका थिए ।बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूको भेटवार्ता भएको छ ।
बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले प्रचण्डलाई भेटेर समसामायीक विषयमा जानकारी गराएका हुन् ।बिहान करिब ८ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच करिब ३० मिनेट संवाद भएको थियो ।
हरिराम चौधरी, खगराज भट्ट, रमेश धामी, बिना मगर लगायतले सुदूरपश्चिम प्रदेश माओवादीमा अहिले समस्या देखिएको र केन्द्रबाट यस विषयमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए ।लेखराज भट्ट एमाले भएपछि कमजोर भएको पार्टी खगराज भट्टलाई दलको नेताबाट हटाएर थप कमजोर बनाउन लागेको प्रदेश अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई बताएका थिए ।







प्रतिक्रिया