अख्तियारको फन्दामा प्रहरी

पाँजलो न्युज
२६ पुष २०८० २:३९
अख्तियारको फन्दामा प्रहरी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी सहायक निरीक्षक भण्डारीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *