सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ३ सय ९३ प्रहरी जवान आधारभुत तालिममा सफल भएका छन् । सफल प्रहरी जवानलाई बिहिवार आयाेजित एक आैपचारिक कार्यक्रममा दिक्षित गरिएकाे छ । प्रहरी जवान आधारभुत तालिममा सहभागि ११-८१ आैं समुहका सफल प्रहरी जवानलाइ दिक्षान्त समाराेहमा प्रहरी नायव महानिरिक्षक माेहन कुमार आचार्यले दिक्षित गरेका छन् ।
दिक्षित प्रहरी जवानलाई शुभकामना दिदै कानुनद्वारा ताेकिएकाे नियम अनुसार २ सय ३४ दिन दिईएकाे तालिमबाट अपराधरहित समाज निर्माणमा तालिम प्राप्त जवानलाई सहयाेग पुगेकाे बिश्वास रहेकाे कुरा प्रहरी नायव महानिरक्षक आचार्यले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक अर्जुन चन्द ठकुरीले कार्यक्षेत्रमा जस्ताेसुकै बाधाअड्चन आएपनि कानुनकाे संरक्षण र कार्यान्वयनका लागि तालिममा दिईएका निर्देशनकाे परिपालना गर्नेमा बिश्वास रहेकाे बताए ।
प्रहरी उपरिक्षक सागर बाेहराका अनुसार दिक्षित भएसंगै प्रशिक्षार्थी जवान कार्यक्षेत्रमा खटिने छन् । उपरिक्षक बाेहराले दिक्षान्त समाराेहमा प्रस्तुत गरेकाे प्रतिबेदन अनुसार भर्ना लिईएका ४ सय मध्य विविध कारणले ३ सय ९३ प्रशिक्षार्थी मात्र दिक्षित भएकाे उल्लेख छ । दिक्षित समाराेहमा तालिम अवधीमा उत्कृष्ट भएका प्रशिक्षार्थी प्रहरी जवान र प्रशिक्षक समेतलाई पुरस्कृत गरिएकाे छ ।
पुरस्कृत हुनेमा सर्वप्रथम भएका गणेश कठायत, सर्व द्वितीय उपेन्द्र खड्का, सर्व तृतीय प्रेमराज जाेशी, अध्यनमा प्रथम गणेश कठायत, कवाज प्रथम गाेबिन्द खड्का, शारीरिक ब्यायाम तिलक बहादुर रावल, चाँदमारी प्रथम निराजन राेकाया, प्र. का. यु प्रथम उपेन्द्र खड्का हुन् ।
प्रतिक्रिया