डोटीको केआई सिंह गाउँपालिका–४ वायल बजारमा दसैँ–तिहार लक्षित बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा केही किराना पसलबाट म्याद नाघेका तथा अखाद्य वस्तु फेला परेपछि ६ हजार १ सय ५ रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको हो।
जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा सुरेन्द्र प्रसाद जोशीका अनुसार उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिइएको हो।
अनुगमन टोलीले पसलमा रहेका खाद्य सामग्रीको म्याद, गुणस्तरलगायतका विषयमा समेत निरीक्षण गरेको थियो। अनुगमनमा जिल्ला प्रशासन कार्यालय डोटी, घरेलु तथा साना उद्योग कार्यालय राजपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डोटी र नेपाल प्रहरीको सहभागिता रहेको थियो।







प्रतिक्रिया