डोटी- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सारथि बचत ऋण समूहले १ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
समूहका अध्यक्ष खगेन्द्र जोशीले शुक्रबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई उक्त रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै अध्यक्ष जोशीले विपद्का कारण समस्यामा परेका परिवारको राहत र पुनःस्थापनाका लागि आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न परिवार प्रभावित भएपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, स्थानीय तह तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। सोही अभियानमा ऐक्यबद्धता जनाउँदै सारथि बचत ऋण समूहले पनि आर्थिक सहयोग गरेको हो।
समूहले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।







प्रतिक्रिया