डोटीमा आगलागी पीडितका लागि व्यवसायी एकजुट, रु १ लाख बढी सहयोग हस्तान्तरण

दिनेश जोशी
१७ वैशाख २०८३ ५:४८
डोटीमा आगलागी पीडितका लागि व्यवसायी एकजुट, रु १ लाख बढी सहयोग हस्तान्तरण

डोटी — “एउटा व्यवसायीको आँसु झर्दा अर्को व्यवसायीले पुछ्नुपर्छ” भन्ने भावनालाई आत्मसात् गर्दै डोटी उद्योग बाणिज्य संघ र डोटी होटल व्यवसायी संघले आगलागी पीडितका लागि सहयोग अभियान सञ्चालन गरेका छन्।
दिपायलस्थित शोभा किराना तथा नास्ता पसल र देउराली एम.एम. सेन्टरमा भएको आगलागीबाट प्रभावित व्यवसायीहरूलाई सहयोग गर्न पिपल्ला बजार र राजपुर बजारमा रकम संकलन गरिएको थियो। उक्त अभियानबाट जम्मा रु १ लाख ४ हजार १९१ संकलन भएको संघले जनाएको छ।

                                   रकमको बिबरण

संकलित रकम बुधबार पीडित पक्षलाई हस्तान्तरण गरिएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ। प्राप्त रकम पीडित परिवारलाई बराबर रूपमा रु ५२ हजार ९५ दशमलव ५ का दरले वितरण गरिएको जनाइएको छ।
संघले सहयोगमा जुट्ने सम्पूर्ण व्यापारी तथा सहयोगी हातप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *