धनगढीमा अज्ञात समुहले ट्याङकर चालक र सह–चालकमाथि गरे खुँडा प्रहार

पाँजलो समाचार
२३ भदौ २०८१ ६:४९
धनगढीमा अज्ञात समुहले ट्याङकर चालक र सह–चालकमाथि गरे खुँडा प्रहार

धनगढी- कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरुमाथि धारिलो हतियार (खुँडा) प्रहार गरेर घाइते बनाएको छ।

हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा भएका घाइते छन्। दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका ट्यांकर पार्किङको विषयमा दुई पक्षबिच विवाद हुँदा आक्रमण र तोडफोड भएको थियो।

दुई जनालाई राति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनामा केही ट्यांकरहरुमा पनि तोडफोड गरिएको छ। आक्रमणबाट ट्यांकरको अघिल्लो भागको सिसा फुटेको छ। प्रहरीकै अगाडी ट्यांकर चालकमाथि खुँडा प्रहार भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिमले आपत्ति जनाएको छ।

धनगढीको मिलनचोक स्थित ट्यांकर पार्किङ गरेकै ठाउँमा गएर भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाहीको हुनुपर्ने सगंठनले माग राखेको छ। सगंठनका प्रदेश अध्यक्ष ललित दन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित भन्सार कार्यालय नजिकै मिलन चोकमा रहेको इन्धन ढुवानी गर्ने टेंकर पार्किङ स्थलमा शनिबार राति साढे ११ बजे अज्ञात समुहको आक्रमणमा परि टेंकर चालक हरी देउवा र सह–चालक अनिल देउवामाथि साङ्घातिक हमला गरि गम्भिर घाइते बनाएको घटनाप्रति घोरआपत्ति र भत्सर्ना गर्दछु।

घाइते चालक र सह–चालकको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ। प्रहरीको पोष्ट नजिकै यस्तो घटना घटेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन्। तर नाम पुष्टि हुन बाँकी नै रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *