सडकबाट खस्यो स्याउ बोकेर काठमाडौं आउँदै गरेको गाडी

पाँजलो समाचार
२१ भदौ २०८१ ६:१०
सडकबाट खस्यो स्याउ बोकेर काठमाडौं आउँदै गरेको गाडी

मकवानपुरबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।

इन्द्रशरोवर गाउँपालिका वडा नम्बर ५ मकैबारीस्थित फाखेल मातातिर्थ सडकखण्डमा मध्यराति दुर्घटना भएको हो।

हेटौंडाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ना ३ च ६२४५ नम्बरको गाडी उकालो चढ्न नसकेर ब्याक भएर सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गाडीका चालक वीरगन्ज महागनरपालिका-१६ इनर्वा बस्ने २७ वर्षीय लक्ष्मी प्रसाद यादव सामान्य घाइते भएका छन्।

सहचालक ३० वर्षीय रमेश पटेल सकुशल छन्। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *