डोटीका चार पालिकामा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिविर सम्पन्न

गणेश मौनी
४ भदौ २०८१ १५:४५
डोटीका चार पालिकामा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिविर सम्पन्न

डोटीका चार पालिकामा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिविर सम्पन्न भएको छ ।

समान पहुँच विकास केन्द्र सिड नेपाल र वल्र्डभिजन इन्टरनेशनल नेपालको आयोजना तथा डोटीका विभिन्न स्थानीय तहको समन्वयमा शिविर सम्पन्न गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा स्पोनसरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।

शिविरमा जम्मा ४ सय ९६ जना अपाङ्गता भएका व्यक्तिहरूको चेकजाँच गरिएको थियो । जसमा आदर्श गाउँपालिकाका ३ सय जना, सायल गाउँपालिकाका ६० जना, पूर्विचौकी गाउँपालिकाका ७३ जना र दिपायल सिलगढी नगरपालिकाका ६३ जना रहेको परियोजना संयोजक जोशीले बताए ।

केही समय अगाडी अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी सोमध्येमा सहायक सामग्री आवश्यक रहेका व्यक्तिहरूको छनोट गरिएको थियो सोही छनोट गरिए बमोजिमका व्यक्तिहरूको शिविरमा जाँच गरिएको आयोजकले जनाएको छ । शिविरमा प्राविधिक सहयोग शारीरिक अपाङ्गता पुरस्थापना केन्द्र कञ्चनपुर र जिल्ला आँखा अस्पताल डोटीको रहेको थियो ।

शिविर डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको आठ वटा स्थानमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *