मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

पाँजलो समाचार
३० साउन २०८१ ५:४२
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

कांग्रेसका शाह सत्तारुढ दल नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । तीनै दलको प्रदेश सभा सदस्य सङ्ख्या मिलाएर मुख्यमन्त्रीसँग स्पष्ट बहुमत रहेको छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *