गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

पाँजलो न्युज
११ साउन २०८१ ९:१३
गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

कैलाली / कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। अस्पतालमा गत बुधबारबाट इन्डोस्कोपी सेवाको सुरुवात गरिएको अस्पतालका फिजिसियन डा चेतराज भट्टले स्वास्थ्य खबरलाई जानकारी दिए।

‘हालसम्म हामीले शुल्क निर्धारण नगरि नि:शुल्क इन्डोस्कोपी सेवाको सुरुवात गरेका छौ’,आन्तरिक छलफलपश्चात् मात्रै शुल्क निर्धारण गर्छाैं,’ उनले भने।
सातामा दुई दिन सोमबार र शुक्रबार इन्डोस्कोपी सेवा दिने तयारी अस्पताल प्रशासनको रहेको डा पन्तले बताए। गेटा मेडिकल कलेजमा इन्डोस्कोपी सेवा उपलब्ध नहुँदा त्यहाँका बिरामी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जानुपर्ने बाध्यता  थियो।

गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएसँगै उक्त सेवाका लागि अन्यन्त्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको डा पन्तको दाबी छ। अस्पतालमा इन्डोस्कोपी गराउनुपर्ने बिरामी अस्पतालमा दैनिक ५ जनासम्म आउने गरेका छन्।

गेटा अस्पतालले जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *