(डोटी)बिपी स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ डोटीले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको नेविसघंका कार्यवाहक जिल्ला सभापति योगेन्द्र रावतले बताएका छन् ।
फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस डोटीका नेता कार्यकर्ता, नेविसंघका नेता कार्यकर्ता, भातृ सङ्गठनका प्रमुख प्रतिनिधि,पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
संसदीय निर्वाचनपछि वि.सं २०१६ मा कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । काँग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको वि.सं १९७१ मा जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो ।









प्रतिक्रिया