स्थानीय र प्रहरी द्वारा डोटीमा गाँजा नष्ट

गणेश मौनी
२३ असार २०८१ ३:०६
स्थानीय र प्रहरी द्वारा डोटीमा गाँजा नष्ट

डोटीमा स्थानीय बासी तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा गाँजा नष्ट गरिएको छ । जिल्लाको बडीकेदार गाउँपालिका अन्तरगत वडा नम्बर ४ रनुकाडा क्षेत्रमा उम्रिएको गाँजा नष्ट गरिएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिरादत्त पन्तले बताएका छन् ।

जिल्लाका विभिन्न स्थान तथा खेतीवारिमा उम्रिएको गाँजा का पारखीहरू देखिन थालेको खबर आएपछि प्रहरीले गाँजा (भाङ) नष्ट गर्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुरुवाती चरणमा स्थानीयको सहयोगमा करिब एक सय बराबरका गाँजाका बोटाहरु नष्ट गरेको भएपनी यस अभियानलाई निरन्तरता दिने समेत प्रहरी चौकी खड्यौलीका इन्चार्ज पन्तले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *