जबरजस्ती करणी गर्ने बैतडीका प्रेमसिंह भण्डारी पक्राउ

पाँजलो न्युज
१४ असार २०८१ ७:१२

बैतडी- बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन्। भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो।

उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *