लाेलीमा कुटानी पिसानि मिल संचालन

दिनेश जोशी
७ असार २०८१ १०:५०
लाेलीमा कुटानी पिसानि मिल संचालन
बिहीबार लोलीमा मिल उदघाटन कार्यक्रमका सहभागि ।

(डोटी)– कुटानी पिसानीका लागि सहजता होस भन्ने उदेश्यले के.आई.सिंह गाउँपालिका वडा नं १ लोलीमा मिल संचालनमा ल्याइएको छ ।

बिहीबार गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सो मिलको रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उपाध्यक्ष मिना देवी विष्ट, वडा अध्यक्ष कृष्ण बहादुर बम, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

सो मिल के.आई.सिंह गाउँपालिकाको महिला संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत ४ लाख ८० हजार रुपैयाँ लगानीमा संचालनमा ल्याइएको हो । उपाध्यक्ष विष्टले गाउँ नजिक मिल नहुँदा लोली क्षेत्रका महिलाहरुले तिखात्तर, अल्लेबन र वायल जानु पर्ने वाध्यता हटेको दाबी गरिन । त्यही समस्यालाई मध्यनजर गरेर पालिकाले उहाँहरुलाई कामको बोझ कम कराउन कुटानीपिसानी मिलमा पालिकाले सहयोग गरेको उपाध्यक्ष बिष्टको भनाइ थियो ।

मिल स्थापना भएपछि गाउँभरीका महिलाहरुलाई राहत भएको कृषक महिला समुह लोलीकी अध्यक्ष कल्पना कठायतले खुसी व्यक्त गरिन । अहिले सो मिलको व्यवस्थापन तथा संचालनको जिम्मेवारी महिलाहरुको कृषक समुहलाई पालिकाले हस्तान्तरण गरेको छ । सो मिलमा स्थानीय महिलाहरुले दुई लाख ५० हजार रुपैया लगानी गरेको गाउँपालिकाका कर्मचारी तोयनाथ भट्टले जानकारी दिए ।

मिलमा चामल, गहुँ, कोदो लगायतका कृषि उत्पादनहरु पिस्ने गरिन्छ । मिल स्थापनाका लागि भने स्थानीय लाल बहादुर कठायतले निशुल्क जमिन उपलब्ध गराएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *