संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

पाँजलो न्युज
६ असार २०८१ ५:५५
संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

धनगढी – संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

यता, प्रहरी जवान अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *