खप्तड शैलेश्वरी हाइ अल्टीच्यूड म्याराथन प्रतियोगीता स्थगीत

दिनेश जोशी
२६ जेठ २०८१ ३:१६
खप्तड शैलेश्वरी हाइ अल्टीच्यूड म्याराथन प्रतियोगीता स्थगीत

डोटी– प्रतिकुल मौषमको कारण देखाउदै डोटी उधोग बाणिज्य संघले असार ३ गते आयोजना गर्ने भनेको खप्तड शैलेश्वरी हाइ अल्टीच्यूड म्याराथन प्रतियोगीता स्थगीत भएको जानकारी दिएको छ ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संघका अध्यक्ष विक्रम साउँदद्धारा जारी प्रेस विज्ञप्तिमा खप्तडमा असार २ गते लाग्ने गंगा दशहराको अवसर पारेर आयोजना गरिएका विभिन्न गतिविधी स्थगीत गरिएको उल्लेख छ ।

‘मौषम पुर्वानुमान महाशाखाले जेठ ३१ देखि प्रतिकुल मौषम रहेको र ८ लाख मानिस प्रभावित हुने सूचना जारी गरिसकेकाले हामी बाध्य भएका हौं’, अध्यक्ष साउँदले पाँजलो अनलाइनसंग भने, ‘अर्को निर्णय नभएसम्मका लागि सवै गतिविधी स्थगीत गरेका छौं ।’

उनले तय भइसकेको प्रतियोगीता स्थगीत गर्नुपरेकोमा दुखि भएको बताउँदै आगामी दिनमा सो प्रतियोगीता लगायतका अन्य रचनात्मक कार्य व्यवस्थित रुपमा आयोजना गर्ने समेत प्रतिवद्धता गरेका छन् ।

डोटी उधोग बाणिज्य संघले म्याराथन संगै घोडा दौड प्रतियोगीता, भलिबल प्रतियोगीता, देउडा प्रतियोगीता समेत स्थगीत गरेको जनाएको छ । संघको आयोजनामा २ पटक खप्तड शैलेश्वरी हाइ अल्टीच्यूड म्याराथन प्रतियोगीता आयोजना गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *