कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

पाँजलो समाचार
२२ जेठ २०८१ ६:११
कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी- मोटरसाइकलको टक्करबाट कैलालीमा एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ भालुफटा स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वदेखि पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ५१ वर्षीय पैदलयात्री नरबहादुर धामीको मृत्यु भएको हो। मोटरसाईकलले ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए।

धामीको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल चालक घोडाघोडी नगरपालिका(४ का ४५ वर्षीय टेकेन्द्र नेपाली पनि घाइते भएको प्रहरीले जनाएको छ। नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *