खप्तडमा रक्तदान

पाँजलो न्युज
५ जेठ २०८१ ९:५१
खप्तडमा रक्तदान

(डोटी)– ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पहिलो पटक यसरी नेपाल स्वयंसेवी रक्तदाता समाजले खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान मानवीय सेवा र स्वस्थ व्यक्ति जुनसुकै ठाउँमा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

खप्तडमा सामुहिक तस्विर खिच्दै ।

खप्तडमा ४ जनाले नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रक्तदान गरेका हुन् । कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए ।

कार्यक्रमका नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह समेत रहेका थिए । सभापति सिंहले ऐतिहासिक खप्तड क्षेत्रमा रक्तदान जस्तो पावन कार्यक्रम गरेर सुदुरपश्चिमको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का सुशिल घर्ती समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर, खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणी पौडेलको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *