डोटीको बडीकेदार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गणेश मौनी
१ जेठ २०८१ १५:१६
डोटीको बडीकेदार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
डोटीको बडीकेदार गाउँपालिका जिल्लाको चौथो पालिकाको रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
पालिकालाई मङ्गलवार एक कार्यक्रमका बिच जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
घोषणा सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले समाजमा स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण भएकोले स्वास्थ्यकर्मीले चनाखो भएर काम गर्नुपर्ने बताए । स्थानीय सरकारले स्वास्थ्य, शिक्षा र कृर्षी क्षेत्रको प्रवर्द्धनको लागि पहल गर्नुपर्ने समेत सिंहले बताए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।
समुदाय स्तरमा स्वास्थ्यकर्मीहरूको अथक प्रयासमा सबै बालबालिकालाई समयमै खोप लगाउन सहज भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । बडीकेदार गाउँपालिकाको समग्र विकास गर्न पालिकाले स्थानीय श्रोत साधनको बढी भन्दा बढी प्रयोग गर्ने समेत  अध्यक्ष साउँदले बताए ।
१५देखी ५९ महिना सम्मका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका गाउँपालिका स्वास्थ्य शाखा संयोजक खडक धामीले बताए ।
गाउँपालिका भित्रका ८ सय ७६ जना बालबालिकालाई नियमित खोप कार्यक्रम तथा अभियान मार्फत खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धामीले बताए ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पाच वटै वडाका स्वास्थ्य सस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *