बाख्रा पालन ब्यवसाय सम्बन्धी एक दिने स्थलगत तालिम सम्पन्न

गणेश मौनी
२७ वैशाख २०८१ १६:२५
बाख्रा पालन ब्यवसाय सम्बन्धी एक दिने स्थलगत तालिम सम्पन्न

( डोटी)बडीकेदार गाउँपालिकाको वडा नम्बर २ मा बाख्र्रा पालन ब्यवसाय सम्बन्धी एक दिने स्थलगत तालिम बिहीबार सम्पन्न भएको छ ।

बाख्रा ब्लक कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डोटीको सहयोगमा देबी दुर्गा बाख्रा उत्पादन समितिको आयोजनामा तालिम संचालन भएको थियो ।

तालिममा बाख्र्रा पालन ब्यवसायीहरुलाई बाख्रापालन सम्बन्धी विभिन्न विषय बस्तुको बारेमा जानकारी गराईएको आयोजकले जनाएको छ ।

तालिममा वडा नम्बर २ अन्तरगत ६० जना बाख्रा पालन ब्यवसायीहरुको सहभागिता रहेको थियो ।तालिमको सहजिकरण बडीकेदार गाउँपालिका पशु सेवा प्राबीधीक तिलम साउँदले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *