(डोटी )डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले लैङ्गिक हिंसा न्यूनीकरणमा महिलाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले लैङ्गिक हिंसाका कारणले गर्दा घरपरिवार र समाजलाई नकारात्मक असर पार्ने भएकोले यस विषयमा आम नागरिक सचेत हुन यसको न्यूनीकरणमा आफू बाट सुरुवात गर्न आवश्यक रहेको बताए ।
समाज हुने गरेका लैङ्गिक हिंसाको बारेमा महिलाहरूले नै आवाज उठाउनु पर्ने बताउन्छीन समापन सत्रकी सभाध्यक्ष वडा नम्बर २ की वडा सदस्य तारा नाम्जाली । कार्यक्रमको समापन गर्दै वडा सदस्य नामजालीले तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुपर्ने समेत बताएकी थिइन् ।
कार्यक्रममा बाल विवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा, बहुविवाह, लागु पर्दाथ दुर्व्यसनी, लगाएका विभिन्न विषय बस्तुमा छलफल गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा नम्बर २ का विभिन्न टोलबाट २५ जना महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ठुला केदार मिडिया प्रालीले गरेको थियो ।



प्रतिक्रिया