लागुऔषधसहित धनगढीका तीन युवक पक्राउ

पाँजलो समाचार
२७ वैशाख २०८१ ५:१५
लागुऔषधसहित धनगढीका तीन युवक पक्राउ
प्रतिकात्मक फोटो

धनगढी- धनगढीका तीन युवक लागुऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय विनोद चौधरी २७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *