गणेश साउँद डोटि-कृषि अनुसन्धान निर्देशनालय भागेतडा अछामी नौमुठे गाईको संरक्षणमा जुटेको छ । लोपोन्मुख प्रजातीको विश्वको सबैभन्दा सानो अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछी यसकोे संरक्षणमा कृषि अनुसन्धान निर्देशनालय सुदुरपश्मि प्रदेश दिपायल जुटेको हो। यो नौ मुठे गाई सुदुरपश्मि प्रदेश को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सानो जातको गाई हो । अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकाले यस गाईलाई स्थानीयवासीले नौमुठ्ठे गाई भन्ने गरेको कृषि अनुसन्धान निर्देशनालय भागेतडा दिपायलका लेखा अधिकृत जुद्ध बहादुर कार्की ले बताए ।
कार्किका अनुसार हावापानीले खासै असर नपर्ने यो प्रजातिको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि सफलतापूर्वक पाल्न सकिन्छ भन्नेमा दुईमत नरहेको उनको भनाई छ ।
पछिल्लो समयमा कृषकहरुले यो गाई पाल्न छोडे पछी यो गाईको संरक्षण र प्रर्बद्धनमा कृर्षि अनुसन्धान निर्देशनालय लागीपरेको छ । हाल निर्देशनालयले २२ वटा गाईको संरक्षणमा लागी दैनिक ज्यालादारी कर्मचारी समेत राखेर उनिहरुको संरक्षण गरीरहेको निर्देशनालयका नबराज भट्टले बताए
उनले भने ।‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिने भएको र यस्को उचाई ३ फीट, लम्बाई ३ फीट रहेको यो गाईको संख्या ज्यादै कम भएको र कृषकले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ ’ 
कृषि अनुसन्धान निर्देशनालय भागेतडाका अनुसार यस गाइले घाँसपातको तुलनामा दूध धेरै दिने गर्दछ । यस गाईका लागी चाहिने स्याहार सुसार गर्न सकेमा उत्पादकत्व अझ बढउन सकीने सुचना अधिकारी भट्टले बताए ।
भटटका अनुसार यसको दूध निकै पोषिलो पनि हुन्छ,’ उनले भने, ‘१५० केजी गाई र १६० केजी गोरु तौल भएको यो गाईले दुईदेखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै बढी हो।’
यो गाई अछाममा मात्र पाइने भए पनि पछिल्लो समय सुदुरपश्चिम प्रद्ेशका पहाडी जिल्लाहरुमा पाल्ने गरीन्छ । यो गाई अरुगाईको तुलनामा सानो हुने भएकाले कृर्षकहरुलाइ पाल्न सहजहुने भएकाले यस प्रजातिका गाईहरूले एक बेतमा करिब २०० लिटरसम्म दूध दिन्छन्। धार्मिक पर्व तथा तीर्थब्रतमा यसको आवश्यक मानिन्छ। यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा पनि लिइन्छ।






प्रतिक्रिया