कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको छ।
हिजो अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका छन्।
घरसँगै गरगहना, अन्न, लुगाकपडा, महत्वपूर्ण कागजपत्र र पाँच लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए। स्थानीय बासिन्दा र प्रहरीले आगलागीको नियन्त्रणमा लिएका थिए। आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ।
प्रतिक्रिया