बडीकेदार गाउँपालिका द्वारा नयाँ एम्बुलेन्स सञ्चालन

गणेश मौनी
२० वैशाख २०८१ १४:१९
बडीकेदार गाउँपालिका द्वारा नयाँ एम्बुलेन्स सञ्चालन
डोटीको बडीकेदार गाउँपालिकाले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
भारतीय राजदूतावासको सहयोगमा प्राप्त नयाँ एम्बुलेन्सको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन गरी सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।
एम्बुलेन्सको नेपाल भारत मैत्री सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष नेपाली काँग्रेसका नेता पदमराज जोशीले रिबन काट्नुका साथै पालिकाका अन्य जनप्रतिनिधीहरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता जोशीले गाउँपालिकामा आएको श्रोत साधनको सही ढङ्गबाट प्रयोग गर्नुपर्ने बताएका थिए । उनले भने भारतीय राजदूतावास सँगको लामो समय देखीको सम्बन्धका कारण बडीकेदार गाउँपालिकामा नयाँ एम्बुलेन्स भित्राउन सफल भएको बताए ।
दूतावास र गाउँपालिकाको संयुक्त लगानीमा बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसको भवन निमार्ण भइरहेकोले उक्त भवनलाई समय सीमा भन्दा अगाडी सम्पन्न गर्न पालिकाको दायित्व रहेको समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बडीकेदार गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले पालिकाले प्राप्त गरेको एम्बुलेन्सलाई व्यवस्थापन गरी चुस्त दुरुस्त रूपमा सञ्चालन गर्ने बताए ।
एम्बुलेन्सलाई ब्यवस्थीत रूपमा सञ्चालन गर्न सबैले सहयोग आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन एम्बुलेन्स भन्ने कुरा धेरै संवेदनशील भएकोले एम्बुलेन्स उपभोगकर्ता, चालक सबै हरेक कुरामा इमानदार र सचेत हुन आवश्यक रहेको समेत बताइन् ।
उद्घाटन सत्रमा बोल्ने अन्य वक्ताहरूले एम्बुलेन्सको भाडा दरमा हेरफेर गर्नुपर्ने, एम्बुलेन्स सञ्चालन कार्यविधि बनाई सुचारु गर्नुपर्ने एम्बुलेन्स सबैको पहुँचमा हुनुपर्ने लगाएका सुझावहरू दिएका थिए ।
हाल सम्म भारतीय राजदूतावासले बडीकेदार गाउँपालिकालाई तिन वटा एम्बुलेन्स सहयोग गरिसकेको छ । कार्यक्रमको उद्घाटन सत्रमा राजनितीक दल, स्थानीय, जनप्रतिनिधि, नागरिक समाज,कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *