डोटीमा किबी खेती बिस्तार हुदै

गणेश मौनी
२७ चैत २०८० ९:४२
डोटीमा किबी खेती बिस्तार हुदै

डोटी जिल्लामा पछील्लो समयमा किबी खेती बिस्तार हुदै गएको छ । व्यवसायिक खेतीका रुपमा यहाँका किसानहरुले किबी खेतीलाई पनि रोज्न थालेका छन् । पहिले जिल्लाका केही स्थानहरुमा मात्र सामान्य रुपमा किबी खेती गरिने भएपनी पछिल्लो समयमा धेरै स्थानहरुमा ब्यवसायीक रुपमा किबी खेती गरेको पाईन्छ ।
जिल्लाको आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा केही कृषकहरुले ब्यवसायीयक रुपमा कीबी खेतीको सुरुवात गरेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताएका छन् ।
डोटीको बडीकेदार गाउँपालिकामा वडा नम्बर ४ पुन्तडाका किसान धन बहादुर जेठराले करिब ४०, ५० रोपनीमा ब्यवसायीक रुपमा किबी खेती गर्दै आईरहेका छन् । किबी खेतीको महत्व बारे जानकारी पाईसकेपछी किबी खेतीको सुरुवात गरेको कृषक जेठरा बताउन्छन् । उनी भन्छन मैले ब्यवसायीक रुपमा किबी खेतीको सुरुवात गरेको छु ढिला सुरुवात गरेको महशुस भईरहेको छ । आज भन्दा ८,१० बर्ष पहिले सुरुवात गर्न सकेको भए अहिले बिक्री गर्ने समय हुन्थ्यो । उनी मात्र होईनन् बडीकेदार ग ाउँपालिका वडा नम्बर ४ रनुकाडाका लक्ष्मण ताडिले पनी करिब १० रोपनीमा किबी खेतीको सुरुवात गरेका छन् ।
आफै कृर्षि प्राबीधीक पढेर बिभिन्न गैरसरकारी संघ संस्थामा काम गरिसकेका हाल बडीकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका पदम सिंह बोहराले पनि करिब ४०,५० रोपनीमा किबी खेतीको सुरुवात गरेका छन् । उनी भन्छन् हाम्रो देश कृर्षि प्रधान देश हो हाम्रो पालिकामा सबै प्रकारका कृर्षिको उच्च सम्भावना रहेकोछ, हामी जोकोहीले कृर्षि गर्नु भन्दा अरु बिकल्प केही पनि नभएको बताए । हामी जोकोहीले कृर्षि पेशालाई ब्यवसायीक रुपमा अगाल्न सक्यौ भने आर्थिक स्थितीमा निकै फड्को मार्न सकिने समेत वडा अध्यक्ष बोहरा बताउन्छन् ।
ब्यवसायीक रुपमा कृर्षि गर्ने किसानहरुलाई सहयोगको अभाव नभएको कृर्षि ज्ञानकेन्द्रले बिभिन्न तवरले सहयोग गर्ने गरेको समेत वडा अध्यक्ष बोहराले बताए ।
बडीकेदार गाउँपालिका वडा नम्बर ५ का पदम सिंह मल्लले पनि किबी खेतीको सुरुवात गरेका छन् । जिल्लामा सबै भन्दा पहीले ४,५ बोटबाट सुरुवात गर्ने ब्यक्ति नै मल्ल रहेको ज्ञान केन्द्रले जनाएको छ । हाल मल्लले करबि १०,१२ रोपनीमा किबी खेतीको सुरुवात गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ गैरामा पनि भास्कर भट्ले ब्यववसायीक रुपमा करिव ३० , ४० रोपनीमा किबी खेतीको सुरुवात गरेका छन् । लामो समय देखी कृर्षि पेशामा आबद्ध मल्लले किबीको राम्रो सम्भावना देखेपनी किबी खेतीको सुरुवात गरेको बताए । त्यस्तै जोरायल गाउँपालिका ३ का
पदम सिं मल्लले पनि ६ रोपनी किबी खेतीको सुरुवात गरेका छन् । त्यस्तै आदर्श गाउँपालिकामा पनि करिब ५,६ रोपनीमा किबी खेती गरिदै आएको ज्ञान केन्द्रले जनाएको छ ।
ब्यवसायीक रुपमा कम्तीमा एक सय बोट भन्दा बढी किबी खेती गर्ने किसानहरुका लागि यस बर्ष कृर्षि ज्ञान केन्द्र डोटीले फलफुल बगैचा स्थापना र हिउदे फलफुल बिस्तार कार्यक्रम अन्तरगत किसानहरुलाई करिब २ हजार पाँच सय किबीका बोटहरु र करिब २ हजार पाँच सय सिमेन्टका पोलहरु र सिचाई पाईपहरु अनुदान सहयोग गरेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए ।
किबी फल कम परिश्रममा उत्पादन गर्न सकिने, महङ्गोमा बिक्री हुन भएकोले पनि यस खेतीमा धेरैको आकर्षण बढ्न थालेको पाईन्छ । पछील्लो समय डोटीमा करीब २ सय ५० रोपनी भन्दा बढीमा किबी खेती गरिएको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए । उनले भने यो तथ्यांक एक सय बोट भन्दा माथी लगाउने किसानहरुको मात्र हो । सामान्य तथा १०, १५,२०,३० बोट लगाउने कृषकहरु धेरै रहेको समेत बताए ।
ब्यवसायीक रुपमा किबी खेती गरिरहेका किसानहरुलाई ज्ञान केन्द्रले आवश्यक प्राबिधीक ज्ञान र बजारीकरणमा समेत सहयोग गर्ने बताए । उनले भने किबी खेतीको लागि बजारीकरणको समस्या छैन उत्पादन गर्नु मात्र ठुलो कुरा हो बजारीकरणमा सहयोग गछौ ।
डोटी जिल्ला कृर्षि क्षेत्रको लागि उच्च सम्भाबीत जिल्ला भएकोले कृर्षि ज्ञान केन्द्र डोटीले पछील्लो समयमा डोटी जिल्लाको कृर्षि क्षेत्रको बिकास बिस्तार र प्रवद्र्धनमा चासो दिनुका साथै नयाँ नयाँ प्रबिधी र सम्भावनाहरुको खोजी कार्यमा सहयोग गरिरहेको यस क्षेत्रका बिज्ञहरु बताउन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *