बडीकेदार गाउँपालिकामा पहिलो पटक आधारभूत तह पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु

गणेश मौनी
२५ चैत २०८० १:०५
बडीकेदार गाउँपालिकामा पहिलो पटक आधारभूत तह पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु
(डोटी)डोटीको बडीकेदार गाउँपालिकामा पहिलो पटक आधारभूत तह कक्षा १–८को पालिका स्तरीय खेलकुद प्रतियोगिताको सुरुवात गरिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना बर्छैन माध्यामीक विद्यालयको व्यवस्थापनमा बर्छैन माविमा सञ्चालन भएको प्रतियोगिताको शनिवार एक कार्यक्रमका बिच बडीकेदार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष डम्मरी विष्ट कलेलले उद्घाटन गरेकी हुन्।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी कार्यवाहक अध्यक्ष विष्ट कलेलले बिद्यार्थिहरुको चौतर्फी विकास गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको बत्ताइन् । खेलकुदलाई प्रवर्द्धन गर्न पालिका जहिले पनि सकारात्मक रहेको समेत बत्ताइन् । जुनसुकै तहको खेलकुदमा पनि खेलाडीहरू अनुशासन हुन आवश्यक रहेको समेत विष्ट कललेले बत्ताइन् ।
हरेक बिद्यार्थिहरु भित्र केही न केही प्रतिभा हुन्छ त्यसलाई बाहिर ल्याउन आवश्यक रहेको कार्यक्रमका विशिष्ट अतिथि एवं बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । खेलकुदको माध्यमले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवाल निकाय, वडा अध्यक्ष लगायतले खेलकुदको प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक रहेको समेत बताएका थिए ।
बिद्यार्थिहरुले आफ्नो क्षमताको पहिचान कायम गर्न खेलकुद प्रतियोगिता आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताएका थिए । खेलकुद कार्यक्रमले विद्यार्थीको शारीरिक ब्यायममा सहयोग पुराउनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने बताए ।
पालिका स्तरीय आधारभूत तह खेलकुद प्रतियोगिता १–३ तह अन्तरगत चित्रकला, सुर्ति लेखन, हिसाब दौड, डोरी खेल ४–५ तह अन्तरगत एक सय मिटर दौड,हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता ६–८ तह अन्तरगत हाजिरी जवाफ, चार सय मिटर रिले दौड, भलिबल, ज्याप्लीङ थ्रो, सट पट र १–८ तह अन्तरगत सास्कृतीक कार्यक्रमहरू रहेको आयोजकले जनाएको छ ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक वडाबाट एक एक टिम गरी पाँच वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *