
(डोटी)- बडीकेदार गाउँपालिका वडा नम्बर २ कोटकेन्नामा जेठी सौतालाई हत्या गरी मारेको आरोपमा पक्राउ परेकी कान्छी सौतालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
बडीकेदार गाउँपालिका वडा नं. २ कोटकेन्ना बस्ने दल बहादुर घर्ती मगरको जेठी श्रीमती वर्ष ४२ की दुर्गा घर्ती मगर यही चैत्र १२ गते गाउँ नजिक खोलामा रहेको पानी घट्ट भित्र मारेको अवस्थामा भेटिएकी थिइन् ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तबको नेतृत्वमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतककी बहुरानी डम्मरी थापामगरले दिएको किटानी जाहेरीको आधारमा मृतककी कान्छी सौता यमुना धर्तिमगरले पानी घट्ट भित्र प्रवेश गरी ढुङ्गा, काठको आँडो, हँसिया र बन्चरो समेतले टाउकोमा हिर्काई कर्तव्य गरी मारेको आरोपमा पक्राउ परेकी कान्छी सौतालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ परेकी निज धर्तिमगर लाई डोटी जिल्ला अदालतबाट म्याद थप भई विस्तृत अनुसन्धान कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया