डोटीमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

गणेश मौनी
१९ चैत २०८० १५:०९
डोटीमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु
(डोटी) डोटीको शिखर नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण गुनासो सुनुवाइ  सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आज बाट सुरु गरिएको छ ।
सामाजिक विकास कार्यालय डोटीको आयोजना तथा शिखर नगरपालिकाको सहजिकरणमा विद्यालयका प्र अ र लैङ्गिक सम्पर्क शिक्षकहरूका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
लैङ्गिक समानता  र सामाजिक समावेशीकरण नीति २०७७ र विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि २०६४ लाई विद्यालय तहमा कार्यान्वयन गराउन सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको सामाजिक विकास कार्यालय दिपायलका प्रमुख जयदेव महराले बताए ।
विद्यालय तहमा कार्यविधि कार्यान्वयन गराउँदा विद्यालयमा हुने गरेका लैङ्गिक विभेद अन्त्य गर्न, विभिन्न जात जाति लिङ्ग धर्म वर्ण समुदायका विद्यार्थीका बिच भेदभाव हुन नदिन, विद्यालयमा विद्यार्थीले आफ्नो मनमा लागेका केही गुनासा समस्या भए समाधान गर्न सहज हुने समेत प्रमुख महराले बताए ।
कार्यक्रममा शिखर नगरपालिकाका अन्तरगत रहेका १५ वटा विद्यालयका प्र अ र लैङ्गिक सम्पर्क शिक्षकको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *