डोटी- नुहाउने क्रममा सेती नदिमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ ।
दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो १२ः४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो । सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदिमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिनुभयो ।
प्रतिक्रिया