(डोटी)डोटीमा माटो खन्ने क्रममा थप एक महिलाको मृत्यु भएको छ ।
शनिवार माटो खन्ने क्रममा च्यापिएर एक महिलाको ज्यान गएको घटना सेलाउन नपाउँदै आइतबार थप एक अर्की महिलाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडाकी ६० वर्षीय गाभादेवी ओझाको माटो खन्ने क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनी सँग माटो खन्ने क्रममा पुरिनु भएकी सोही गाउँकी ५० बर्सिया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए ।
अहिले उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिवार मात्रै माटो खन्ने क्रममा शिखर नगरपालिका–९ की २१ बर्सिया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो खन्न गएका अन्य तिन जना महिलालाई भने उद्धार गरिएको थियो । नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो माटो तथा कमेरो माटो खन्ने क्रम बढीरहदाँ यस्ता घटनाहरू घट्न थालेका छन् ।
प्रतिक्रिया