धनगढीमा कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

पाँजलो न्युज
८ चैत २०८० ४:५८
धनगढीमा कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीको धनगढीबाट कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी वडा नम्बर ८ का बसन्त राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी धनगढी वडा नम्बर १ का विष्णु गोतामे रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए।कैलालीअदालतको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *