राजेन्द्र जोशी
समाइन्छ छोडिन्छ हात राजनितिमा
आफनै मान्छे हान्छ लात राजनितिमा
श्रीमतिलाइ सबथोक ठान्नेहरु अब के गर्छन होला
हुदो रहेछ बिश्वास घात राजनितिमा
आफनो हेरिन्छ पराइ हेरिन्छ समय आउनु पर्छ
काटीन्छ मारिन्छ भइन्छ हातपात राजनितिमा
भिसा नलगाएरै बिदेश पठाउनेहरु कहा गए होलान
फुलमालाकै भरमा लगाइन्छ बात राजनितिमा






प्रतिक्रिया