बझाङ उपनिर्वाचनको लागि कांग्रेसले १० आकांक्षीको नाम सिफारिस गर्‍यो

पाँजलो न्युज
६ चैत २०८० ६:१९
बझाङ उपनिर्वाचनको लागि कांग्रेसले १० आकांक्षीको नाम सिफारिस गर्‍यो

बझाङ- आगामी वैशाख १५ गते बझाङमा हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस नाम सिफारिस गरेको छ। सोमबार नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।पार्टी केन्द्रीय कार्यालयबाट बढीमा तीन जनाएको नाम सिफारिस गर्न परिपत्र गरिएको भए पनि पार्टीमा सहमति हुन नसकेपछि १० जनाको नाम सिफारिस गरी पठाएको पार्टी जिल्ला सभापति खडक बोहराले जानकारी दिए ।उनका अनुसार सत्यराज भण्डारी,जगत प्रसाद जोशी, शान्ति बोहरा, अबिशेक सिह, नन्द कृष्ण जोशी, धुर्बराज उपाध्याय, विष्णु कुमार सिंह,लोकेन्द्र बहादुर रोकाया,नारायण हमाल र अर्जुन स्याडा रहेका छन् ।

बझाङ प्रदेश निर्वाचन क्षेत्र (क)मा उप निर्वाचन हुँदै छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको निधन भएपछि उप निर्वाचन हुन लागेको हो।नेकपा एमालेले पनि उप निर्वाचनको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *